हेटौँडामा कपडा पसल सञ्चालकमाथि कुटपिट, ९ जना नियन्त्रणमा

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, राप्तिरोडस्थित दास इम्पोरियम कपडा पसल सञ्चालकमािथ बिहीबार दिउँसो कुटपिट भएको छ ।

अपरिचित तीन जना व्यक्तिहरू मोटरसाइकलमा आएर पसलमा कपडा किन्दा मूल्य घटाउने विषयमा विवाद हुँदा काठको बेलन ९रोटी बेल्ने० ले पसल सञ्चालक बिन्दल दासमाथि कुटिपट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अयार्लले बताए ।

प्रहरी नायव उपरीक्षाक अयार्लका अनुसार, कुटिपटबाट अन्दाजी ६५ वर्षीय दासको टाउकोको पछाडी पट्टि चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था अहिले मध्यम रहेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। अनुसन्धानको क्रममा घटनासँग संलग्न आशंकामा ९ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

कुटपिटको कारण र संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब ३०० मिटर पूर्वतिर पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.