हेटौँडा । हेटौँडामा सुपरफाष्ट चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । बिद्युत उपकरण ट्रान्सर्फमर उत्पादन गर्दै आएको ‘निक’ ले हेटौँडा उपमहानगरपालिका वडा नमवर ११ स्थित नेपालमै पहिलो पटक सुपरफाष्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।
निकले चाइनाको प्रतिष्ठित कम्पनी हुवाबेसँगको सहकार्यमा संचालनमा ल्याएको उक्त चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका हुन् ।
निकले ४ सय किलोवाटको स्टेशन सञ्चालनमा ल्याएको गाडी चार्जिङ स्टेशनका प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिए । न्युनतम इन्धन सवारीलाई पम्पमा लाग्ने समयमै चार्ज गर्न सकिने गरी सञ्चालनमा आएको स्टेशनबाट ५ देखी १५ मिनेट मित्र सवारी फुल चार्ज हुने उनको भनाई छ ।
करिब ११ महिनाको लामो प्रयास पछि हेटौँडामा वातावरण मैत्री सेवा सञ्चालनमा ल्याउन सकेको उनले बताए । उनका अनुसार, स्टेशनमा ५ वटा प्वाईट मार्फत सवारी चार्ज गर्न सकिने व्यवस्था गरिएको छ ।
स्टेशनको उद्घाटन गर्दै प्रमुख अतिथि लामाले पहिलो पटक नयाँ ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभरी लैजान जरुरी रहेको बतताए । वातावरण संरक्षणको लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाब दिँदै उनले नयाँ टेक्नोलोजी नेपालमा ल्याएको हुवाबेलाई उता रहेको ज्ञानलाई नेपाली बजारमा ल्याउँदै सहकार्यको वातावरण बनाउन आग्रह गरे ।
स्टेशनमा बिद्युत आपुर्ति बन्द हुन नदिनका लागि २४०/२२० केभीको सोलारको पनी व्यवस्थापन गरेको जनाइएको छ । गाडी चार्जसँगको समन्वयमा पहिलो पटक ल्याएको प्रबिधिलाई बिस्तार गरीने कम्पनीले जानकारी दिएको छ ।
स्टेशनको उद्घाटनसँगै हरेक चार्जिङ प्वाइनट नजिकै हरियो शहरको रुपमा बिरुवा समेत रोपिएको छ ।
निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, हुवाबे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिस एम्बेशीका प्रतिनिधी रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल लगाएतको आतिथ्यता थियो ।

















