हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव सम्पन्न

हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । बिहीबार हेटौँडामा एक कार्यक्रमकाबीच बोर्डको वार्षिक सम्पन्न भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका मिना कुमारी लामाको प्रमुख आतिथ्यता र बोर्ड अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोर्डमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी, स्वयंसेवक, पत्रकार तथा विभिन्न रूपमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई प्रशंसा पत्रसहित नगद सहित सम्मान गरिएको थियो ।

सो अवसरमा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०८०-०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार, दैनिक सरदर पानी उत्पादन ६० लाख लिटरबाट बढेर हाल ३ करोड ७० लाख लिटर पुगेको छ । पानी चुहावट दर ३५ प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ ।

पूर्वाधार विस्तारको क्रममा, अघिल्लो वर्ष ८ हजार ५३७ रहेको धाराको संख्या हाल २८ हजार ४६३ पुगेको छ भने थप १९ हजार ९२६ नयाँ धारा जडान गरिएको छ । बोर्डले आफ्नै स्रोतबाट नगर क्षेत्रभित्र १५ वटा डिप ट्युवेल निर्माण गरेको छ। त्यसैगरी, मकवानपुरगढी गाउँपालिकामा ३ वटा, भीमफेदी गाउँपालिकामा २ वटा र हेटौँडा–९ मा १ वटा गरी ६-७ स्थानमा समवेल निर्माण कार्य सम्पन्न भएको जानकारी दिइयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, खाने पानी उर्जा तथा सिचाई मन्त्रलयका सचिव मोहन कुमार शाक्य, हेटौँडा उपमहानगरपालिका–२, ६, ११ का वडा अध्यक्षहरू, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह राणाभाटलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.