बागमती प्रदेश सभा बैठकः सिद्धान्त र प्राथमिकतामाथि छलफल

हेटौँडा । बागमती प्रदेश सरकारको विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु भएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको छैठौ अधिवेशन बैठकमा सिद्धान्त र प्राथमिकता माथि छलफल गरिएको हो ।

बैठकमा प्रदेश सभाका सदस्यहरुले छलफलमा सहभागी हुनु भई राष्ट्रिय सरोकारसंग सम्बन्धि विषय, संघिय र प्रदेश सरकारको बिच समन्वयको अभाव र गणतान्त्रिक व्यवस्थाको विकल्पमा राजतन्त्र उपयूक्त नहुनेमा आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरुले संघीय सरकार र प्रदेश सरकारको नेतृत्वमा जवाफदेहीता, आफ्नो पक्षलाई मात्र दलीय भागबण्डा गर्ने गरिएकोले मुलुकमा तीव्र रुपमा भ्रष्टाचार जन्य अपराध बढ्दै गएकोले सबै प्रदेशका जनताहरुमा वितृष्णा उत्पन्न भएकोले मौजुदा प्रजातन्त्र माथि विकल्प खोज्न थालिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रमा आन्दोलनबाट परिवर्तन गरी ल्याइएको गणतन्त्र नै सर्वोत्तम व्यवस्था भएको उल्लेख गर्नु हुँदै राज संस्थाको पक्षमा राप्रपाले पहस पैरबी आन्दोलन गर्न पाउने संविधानले अधिकार दिएको भएतापनि गणतन्त्रको विकल्प राजतन्त्र नहुने उनीहरुको भनाई छ ।

यस्तै, वर्षादको मौसम सुरु भइसकेकोले प्रदेशको जोखिम जिल्लाहरुमा बाढी पहिरोे हुने सम्भावित स्थानहरुमा पुनःस्थापन र उदर कार्यलाई स्थानीय प्रशासन मार्फत परिचालन गर्न प्रदेश सरकार सजक हुनुपर्नेमा उनीहरुको जोड रहेको थियो ।

कृषि, पर्यटन, अस्पतालको स्तरोन्नति र जनताको माग अनुसार सामान्य खालका रु.२, ५, १० र २० लाखको टुक्रे योजनाहरुलाई प्रदेश सभाको सदस्यहरुको सिफारिसको आधारमा स्थानीय निकायलाई हस्तान्तरण गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सभाको अर्को बैठक भोलि बिहीबार बिहान ११ बजेका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.