विद्यार्थी एकता दिवसमा मामाघरलाई स्टेसनरी सामग्री हस्तान्तरण

हेटौँडा । अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौँडा–११ मा रहेको मामाघर नेपालमा आश्रितहरुलाई स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । अखिल (क्रान्तिकारी) ले मामाघर नेपाललाई करिब १० हजार रुपैंया बराबरको कपी, कलम लगायत स्टेससनरी सामग्री हस्तान्तरण गरेकोे हो ।

विद्यार्थी एकता दिवसको अवसरमा मामाघर नेपालमा आश्रितहरुको अध्ययनलाई सहयोग पुर्याउने उद्देश्यले स्टेसनरी सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बुद्धराज अर्यालले बताए ।

२०७० सालमा स्थापना भएको मामाघर नेपालले आश्रय बिहीन बालबालिकाको संरक्षण, अध्ययन संगै बिभिन्न सीप सिकाई समुदायमा पुनःस्थापना गर्ने कार्य गर्दै आएको छ ।

हस्तान्तरण कार्यक्रममा प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य ध्रुवराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, मकवानपुर जिल्ला सचिव छोईसाङ लामा, सहसचिव सुजन सिलवाल, जिल्ला सदस्य मिनेश पुडासैनी, प्रचण्ड बैज्यू, आयुश ठकुरी, ईश्वर ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

परिवार बिहीन भएका बालबालिकाहरुलाई आश्रय दिर्दै आएको मामाघर नेपालमा हाल २१ जना वालबालिकाहरु आश्रित छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.