सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी

हेटौंडा । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । समूहको शुक्रबार सम्पन्न ९ औं महाधिवेशनबाट पन्थी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

पन्थीले आफ्नो प्रतिद्वन्द्वी पवित्रा सुनारलाई पराजित गरेकी हुन् । सुनारले ८७ मत प्राप्त गर्दा पन्थीले १४९ मत प्राप्त गरेकी थिइन् ।

यस्तै, समूहको उपाध्यक्षमा बसन्ती बस्तोला, महासचिवमा राधा खनाल, सचिवमा उर्बसी बस्न्यात र कोषाध्यक्ष पदमा साजना तामाङ निर्वाचित भएका छन् । महासचिवमा खनाल सर्वसम्मतिले चयन भएकी हुन् ।

यसैगरी, समूहको केन्द्रीय सदस्यहरूमा अजवी पौड्याल, विष्णु पन्थी, कालिका शिवाकोटी, कल्पना शर्मा, देवी सापकोटा, दीपा रेग्मी, तारा चापागाईं र सम्झना वन निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.