मउवा संघको उम्मेदवारको मनोनयन दर्ता, ७ जना निर्विरोध निर्वाचित

हेटौंडा| मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा निर्वाचन अन्तर्गत बिहीबार मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। संघको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर अध्यक्षसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालका अनुसार, ७ जना निर्विरोध निर्वाचित भएका छन्। यीमध्ये ६ जना प्रमोद सिंह रानाभाटको प्यानलबाट निर्वाचित भएका छन् भने १ जना अनिल अग्रवालको प्यानलबाट निर्वाचित भएका हुन्।

रानाभाट प्यानलबाट निर्विरोध निर्वाचित हुनेहरूमा उद्योगतर्फको सचिवमा रुपकराज दाहाल, एशोसियट सचिवमा माधव ज्ञवाली र वाणिज्यतर्फको महिला आरक्षणमा निलम बजगाईं रहेका छन्। यस्तै, हेटौंडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली, बहुराष्ट्रियतर्फ विक्रमकुमार सञ्जेल र मनहरी आरक्षणतर्फको सदस्य पदमा शंकरप्रसाद कालाखेती पनि रानाभाट प्यानलकै उम्मेदवार हुन्।

वाणिज्यतर्फको महिला आरक्षणमा निलम पाण्डे निर्विरोध निर्वाचित भएकी छन् जो अनिल अग्रवालको प्यानलको उम्मेदवार हुन्। संघको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट र अनिल अग्रवालले उम्मेदवारी रहेको छ । महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाई) र तेजराज अधिकारी, सह-कोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेको उम्मेदवारी परेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले बताए ।

त्यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता हुँदा सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली रहेका छन् । सदस्यहरुमा भने राजेन्द्र लामिछाने(राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनाल (रोशन) को उम्मेदवारी परेको छ ।

उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्रप्रसाद घिमिरेको उम्मेदवारी दर्ता हुँदा सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारीको उम्मेदवारी दर्ता भएको छ । उद्योगको महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेदवारी परेको अधिकृत ढकालले बताए ।

एशोसियटतर्फको उपाध्यक्षमा विष्णु खनाल र उज्वल चौलागाईको उम्मेदवारी पर्दा दुई सदस्यका लागि अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी छ । वस्तुगततर्फको उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेदवारी परेको छ भने सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाको उम्मेदवारी छ । एक सदस्यका लागि भने कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.