मकवानपुर । मकवानपुरका गायक तथा नायक बिरु घलानको ‘सल्लाहले मान्छेउ की’ तामाङ सेलो गीतको अडियो सार्वजनिक भएको छ । शुक्रबार दिउँसो १२ बजे ‘साम्तेन मोक्तान अफिसियल’ युट्युब च्यानलमार्फत घलानले आफ्नो गीतको अडियो सार्वजनिक गरेका हुन् ।
मकवानपुरे कलाकार घलान र तामाङ सेलोकी चर्चित गायिका सुमिना लोको स्वरमा रहेको गीतको एरेन्ज सानुबाबु घिसिङले गरेका छन् । साम्तेन मोक्तानको शब्द र संगीतमा रहेको गीत फ्याफुल्ला स्टुडियोमा रेकर्डिङ गरिएको कलाकार घलानले जानकारी दिए ।
केही महिना अघि मात्र सार्वजनिक भएको `तामाङ ह्वाइरी स्याई साइली´ सेलो गीतको अपार सफलतापछि यसपटक पनि सेलो गीत नै ल्याइएको घलानले बताए । उक्त गीतलाई युट्युबमा लाखौंले हेरेका छन् । राम्रो शब्द र संगीतसहित गायिका सुमिनासँगको संयुक्त आवाजमा रहेको यस सेलो गीतले राम्रो माया पाउनेमा घलान विश्वस्त छन् ।
यस्तै, गीत तयार पार्न महत्वपुर्ण भुमिका रहेको भन्दै आफ्ना सहकर्मी माया घलान, गजेन्द्र नारायण यादव, आकाश बलामी, अच्युत अधिकारी, सम्भु लामा, रमेश तामाङ, निर्माण लामा, विमल बोहोरा, गणेश काफ्ले, राजकुमार आले मगर, विशाल आले मगर र सुजन तामाङ लगायतलाई घलानले सम्झिए।

















