हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एकजना पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान ०६:१५ बजे राक्सिराङ ५ इन्चराङ स्थित चैनपुरबाट काकडा जाने भित्री सडक खण्डमा २१ वर्षीय समिर सुनारको शव फेला परेको हो।
टाउकोमा चोट देखिएको मृतक सुनारको नाक मुखबाट रगत बगेको अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
राक्सिराङ-८ शिखरपुरमा अस्थायी रुपमा बसोबास गर्दै आएको सुनारको बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्ज स्थायी ठेगाना रहेको उनको भिनाजु मिलन घतानेबाट सनाखत भएको प्रहरीले जनाएको छ। शंकास्पद ३ जनालाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको र मृतकको शव हेटौडा अस्पतालमा रहेको प्रहरीको भनाई छ।
प्रतिकृया दिनुहोस्

















