मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी

तस्विरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

मकवानपुर । मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ । कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका– ४, निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको हो ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको भारतमा दर्ता भएको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, आगलागीबाट कार पूर्ण रुपमा जलेको छ । आगलागीबाट मानवीय क्षति नभएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.