मनहरीमा करेन्ट लागेर प्रजाको मृत्यु, मगर घाइते

हेटौंडा । मकवानपुरको मनहरीमा करेन्ट लागेर एकको मृत्यु र एक जना घाइते भएका छन् । शुक्रबार बिहान मनहरी-८, दारिमबासका ३८ वर्षीय मंगल सिङ प्रजाको मृत्यु भएको छ भने ४० वर्षीय इन्द्रमाया मगर घाइते भएकी हुन्।

मृतक प्रजा घरबाट मनहरी तर्फ ज्यामि काम गर्न जाने क्रममा घरबाट ५० मिटर पुर्व दिशामा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुइँमा लत्रिएको नाङ्गो तारमा  करेन्ट लागेर लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। यस्तै, घाइते मगर घरबाट मनहरीतर्फ जाने क्रममा उक्त लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का लागेर घाईते भएको प्रहरीले जनाएको छ।

मृतक पजा बिहान ४ बजेको समयमा घरबाट निस्किएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.