हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुँदै, १० टिमको सहभागिता

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा “एन्फा प्रेसिडेन्ट लिग २०२५” हेटौँडामा हुने भएको छ । उक्त प्रतियोगिता यही कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म हुने आज हेटौँडामा पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६, गौरीटार रंगशालामा सञ्चालन हुने एन्फाको फुटबल विकास कार्यक्रम अन्तर्गत आयोजना हुन लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रतियोगितामा देशभरका १० टोलीहरू सहभागी हुनेछन् । जसमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब(काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्की छन् ।

यी टोलीहरू एन्फामा आवद्ध जिल्ला लिगका च्याम्पियन र प्रदेश लिगबाट छनोट भएको प्रवक्ता शाहले बताए । उनका अनुसार, प्रतियोगिता दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा खेलाइने छ । प्रत्येक समूहको विजेता र उपविजेता टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

सेमिफाइनलमा पुग्ने चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिगमा पनि सहभागिता जनाउने अवसर पाउनेछन् । प्रतियोगिताको तयारीका लागि हेटौँडा नगर क्षेत्रका दुई खेलमैदान उपलब्ध गराइएको छ भने स्थानीय आयोजकको भूमिकामा मकवानपुर जिल्ला फुटबल संघ रहनेछ ।

एन्फाका प्रवक्ता शाहका अनुसार प्रतियोगिताका सम्पूर्ण खेलहरू एन्फाका आधिकारिक सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।
प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । साथै सहभागी प्रत्येक टोलीलाई तयारी खर्चका रूपमा ७ लाख रुपैयाँ प्रदान गरिने पनि जनाइएको छ । प्रतियोगिताको कुल बजेट एक करोड ५४ लाख ५४ हजार ४२५ रुपैयाँ निर्धारण गरिएको प्रवक्ता शाहले बताए ।

पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य एवम् प्रतियोगिताका संयोजक टीकाराम लामा, एन्फाका लिग निर्देशक सञ्जिव मिश्र, सदस्य संयोजक लवराज ठकुरी, एन्फा मकवानपुरका उपाध्यक्ष युवराज लामा, कोषाध्यक्ष अमृत लुङ्बा लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.