मकवानपुर । मकवानपुरमा मतगणनाको लागि सर्वदलीय बैठक पुनः सुरु भएको छ ।
जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा सम्पन्न मतदानको मतपेटिका गएरातिसम्म हेटौँडा ल्याएसँगै बिहानै सर्वदलीय बैठक बसेको थियो ।
उक्त बैठक केही समयको लागि स्थगित भएपनि पुनः सुरु भएको जनाइएको छ ।
मकवानपुरको मतगणना हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बैठक बसिरहेको हो । सो विद्यालयमा नै मकवानपुर जिल्लाको मतगणना हुने जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ५९ दशमलव १६ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस्















