हेटौंडा । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको अधिवेशन सम्पन्न भएको छ । समाजको शनिबार हेटौंडामा तेस्रो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले रोशन गोलेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष पदमा कृष्ण बहादुर गोले, दिनेश गोले र सचीवमा रमा गोले थोकर चयन भएका छन् ।
यस्तै, अधिवेशनले सदस्य पदमा तारा बहादुर गोले, काजीमान गोले, काहिली माया गोले, गंगा बहादुर गोले, कान्छामान गोले, वीर बहादुर गोले, सिताराम गोले, विवेक गोले, वीर बहादुर गोले, विरेन्द्र गोले, प्रकाश गोले, औतार सिं गोले, सुधारजित गोले र मान बहादुर गोलेलाई चयन गरेको छ ।
समाजका केन्द्रिय अध्यक्ष मीन प्रसाद गोलेको प्रमुख आतिथ्यता रहेको अधिवेशनको पहिलो सत्र कार्यक्रममा केन्द्रिय उपाध्यक्ष शुभ रत्न गोले, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, केन्द्रिय सह-कोषाध्यक्ष आकाश गोले र नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष कालू घलान लगायतको उपस्थिति रहेक्क थियो ।
कार्यक्रमको पहिलो सत्र समाजका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षतामा सम्पन्न भयो ।
















