२६ गते गोले तामाङ वंश उत्थानको अधिवेशन

मकवानपुर । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको तेस्रो अधिवेशन यही बैशाख २६ गते हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत यही २६ गते हेटौंडा–१० स्थित आदर्श पार्टी प्यालेसमा अधिवेशन गर्ने निर्णय सार्वजनिक गरिएको हो । अधिवेशनका लागि विभिन्न जिम्मेवारीसमेत तोकिएको छ ।

समाजको कार्यसमिति बैठकबाट समाजका मकवानपुर अध्यक्ष राजकुमार गोले तामाङलाई अधिवेशन संयोजकको जिम्मेवारी दिइएको छ । अतिथि सत्कार संयोजकमा रमा गोले थोकर, प्रचारप्रसार संयोजकमा रोशन गोले, आर्थिक संयोजकमा डोल्मा गोले स्याङ्बो रहेका छन् ।

त्यसैगरी, अधिवेशनमा समाजको केन्द्रीय समितिका अध्यक्ष मीन प्रसाद गोले तामाङको प्रमुख आतिथ्यता रहने जनाइएको छ। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शुभरत्न गोले, केन्द्रीय सहकोषाध्यक्ष आकाशकुमार गोले, जिल्ला सदस्यहरू किस्नबहादुर गोले, कुमार गोलेलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.