चुनावी अभियान तीव्र बनाउँदै थोकर

मकवापुर । प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मकवानपुरको क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामबहादुर थोकरले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उनले मतदाता माझ पुगेर प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकतामा राखेका हुन् ।

थोकरले बुधबार मनहरी गाउँपालिका ६ को लोथर, नयाँबस्ती, राक्सिराङ गाउँपालिका ३ को सरिखेत र ५ नम्बरको कुत्तसिङलगायत स्थानमा पुगेर मतदातासँग भेटेर छलफल गरेका छन् । उनले स्थानीयको समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिँदै प्राप्त सुझावलाई आगामी दिनमा आफ्नो राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

थोकरले आफूले प्राप्त गर्ने प्रत्येक मतको सधैँ सम्मान गर्ने बताए । जहिल्यै जनताको मुद्दा बोकेर अघि बढ्ने संकल्पसहित लागिपरेको उनको भनाई थियो । उम्मेदवारी दर्ता गरेपछि मतदाताको नजिक पुग्ने, उनीहरूको आवाज प्रत्यक्ष सुन्ने र जनताका पक्षमा खेल्नुपर्ने भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित आफू चुनावी अभियानमा जुटेको थोकरले बताए ।

भेटघाटका क्रममा उनले राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिन आग्रह गर्दै आएका छन् । राष्ट्रियताको जगेर्ना र संरक्षणका लागि राप्रपालाई विजयी गराउन आवश्यक रहेकोमा जोड दिँदै उनले मतदाताको घरआँगनमै पुगेर समर्थनको अपिल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.