हेटौँडा । जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागार र बालसुधार गृह हेटौँडाबाट फरार भएका तीन जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा बागमती गाउँपालिका–६ कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङ्तान, हेटौंडा उपमहानगरपालिका–७ हरियालीका २२ वर्षीय विशाल गोले र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट विभिन्न मुद्दा तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका एक बालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा शनिबार र आइतबार फेला पारी नियन्त्रणमा लिएको हो ।
मकवानपुर प्रहरीका अनुसार, नियन्त्रणमा रहेका मुन्ना स्याङ्तान जबर्जस्ती करणी मुद्दामा र विशाल गोले लागूऔषध ट्रामाडोल मुद्दामा कारागार चलान भएका थिए ।
यस्तै, अर्का एक बालकलाई लागूऔषध ब्राउन सुगर मुद्दामा बालसुधार गृह हेटौँडा राखिएकोथियो । प्रहरीको नियन्त्रणमा रहेको तीनै जनामाथि प्रहरी आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि भीमफेदी कारागार तथा बालसुधार गृह हेटौँडामा बुझाएको मकवानपुर प्रहरीले जनाएको छ ।















