मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध ट्रामाडोलसहित एकजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ७ बाट कैलाश गाउँपालिका ६ का २४ वर्षीय सुजन थोकर पक्रेको हो । प्रहरीले उनको साथबाट १७५ ट्याब्लेट लागूऔषध ट्रामाडोल फेला पारेको जनाएको छ ।
सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका थोकरलाई खानतलासी गर्ने क्रममा ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । ट्रामाडोलसहित पक्राउ परेका सुजन थोकरलाई लागूऔषध मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्















