हेटौंडा । अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार तथा उत्खनन् गर्ने ६ वटा ट्याक्टरलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ११ स्थित राप्तीखोलामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्दै गरेको उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ना २ त ८५९८, ग १ त ७२४२, बा.प्र.०३–००१ त ३९९, ना. ६ त ६९०२, लु. प्र.००३–००१ त ००४३ र ना ६ त ९८९९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्















