नयाँ एसपीसँग मउवा संघको छलफल

मकवानपुर । मकवानपुरमा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी)सँग उद्योग वाणिज्य संघले छलफलसहित स्वागत सम्मान कार्यक्रमको आयोजना गरेको छ । प्रहरी उपरीक्षक श्याम खत्रीसंग बिहीबार समसामयिक विषयमा छलफल गर्दै उनलाई स्वागत गरेको हो ।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा २५ गज सडक विस्तारको विषय अदालतमा विचाराधीन रहेको, चौकीटोलस्थित तरकारी बजारमा प्रहरी बिटको आवश्यक्ता रहेको, बढ्दो चोरीका घटना न्यूनीकरण गर्न कडाइ गर्नुपर्ने, युवा दुव्र्यसनी निरुत्साहित गर्नुपर्ने लगायतका समस्या उठान गरिएको थियो । पर्यटनमा असर पर्ने गरी भारतीय साना सवारीलाई राजमार्गबाट डाइभर्ट गरी हेटौंडाको बाइपास ढाटमा पुर्याएर कर असुल्ने कार्य रोक्नुपर्ने, अत्यधिक ध्वनी प्रदुषणसहित मोटरसाइकल चलाउने प्रवृत्ति देखिएकोले कारवाही गर्नुपर्ने, अरुलाई असहज हुने गरी ध्वनी प्रदुषण गरी डान्सबार संचालन गर्ने कार्य रोक्नुपर्ने, सुमो काउण्टर परिसरमा मात्र यात्रुहरुसंग सिट सुरक्षित गर्न वार्तालाप गर्नुपर्नेमा बाहिर सडकमा यात्रु तानातान र अभद्र देखिएकोले निरुत्साहित गर्नुपर्ने विषय समेत उठान भएको थियो ।

प्रहरी उपरीक्षक खत्रीले सल्यान, जाजरकोट, सिन्धुली, धादिङ, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्य गरी अनुभव लिइसकेको जानकारी दिँदै छलफलमा उठान भएका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए । हेटौंडा कपडा उद्योगलगायत राज्यले स्थापना गरेका उद्योग बन्द भएको उल्लेख गर्दै उनले अध्ययनको सिलसिलामा युवा विदेश पलायन हु“दा सामाजिक एकतामा असर पुगेको, अपसी भाइचारा कमजोर हु“दै गएको, समाज सुविधाभोगी भएको, हत्या हिंसा बढ्दै जाँदा हिरासत र कारागार भरिंदै गएको, कम पढेलेखेका बेरोजगारी वा कम पारिश्रमिकमा टिक्न नसकेपछि विदेशिंदा पारिवारिक विखण्डन निम्तिने गरेको उनको भनाई थियो ।

नेपालको गाँजा छिमेकी मुलुकमा पु¥याएर प्रशोधन गरी खैरोहिरोइनको रुपमा नेपाल भित्रिने गरेको र यसै मुद्दामा पछिल्लो एकहप्तामा मात्रै दर्जन बढी युवाहरु हेटौंडामा पक्राउ परेको उनले जानकारी दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती, महासचिव प्रतिमा श्रेष्ठलगायतले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.