हेटौँडाबाट लागूऔषधसहित तीन जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ फारलाईन सेल्फि रोडबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ४ ग्राम ६ सय ९० मिलिग्रामसहित बिहीबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका वडा नमवर १२ बस्ने २८ वर्षीय उमेश विक, हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने ५० वर्षीय देब लामा र राक्सिराङ गाउँपालिका वडा नम्वर ३ केराबारी बस्ने २९ वर्षीया सिर्जना दोङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हेटौँडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना.२ ह ९४४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवशयक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.