हेटौंडा । मकवानपुरको पूर्वी भेगका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय बकैया जेसीजको सन् २०२६ का लागि अध्यक्षमा आशिष बास्तोला चयन भएका छन् ।
जेसीजको साधारणसभा तथा अधिवेशनले बास्तोलाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा सरोज ढुङ्गेल र सुनिल बोम्जन तथा उपाध्यक्षमा शिवप्रसाद बोलखे, रामकृष्ण घोरासैनी, निरजकुमार जैसवाल र सुरज दुलाल चयन भएका हुन् । कैया जेसीज वर्ष २०२५ का अध्यक्ष शौभाग्य दुतराजले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्















