मगर संघ मकवानपुरको अध्यक्षमा थापा

हेटौँडा । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा रामकुमार थापा मगर चयन भएका छन् । संघको १४ औँ जिल्ला अधिवेशनबाट थापाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

यस्तै, संघको महिला उपाध्यक्षमा उर्मिला राना मगर, उपाध्यक्षमा डेमिज थापा मगर, एक बहादुर आले मगर, सचिवमा भूपेन्द्र राना मगर, कोषाध्यक्षमा अञ्जु तुम्सिङ्ग मगर र सहसचिवमा शुष्मा थापा मगर चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः रञ्जित थापा मगर र राजाराम थापा मगर चयन भएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १२ स्थित प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति बाटिकामा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी मगरको प्रमुख आतिथ्यता र संघको अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.