लेवट सामुदायिक वनको नयाँ कार्यसमितिको सपथ

हेटौंडा । हेटौंडा ३ मा रहेको लेवट सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको छ । समूहको पौष ५ गते भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा तेजबहादुर रुम्बा सहित १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो ।

निर्वाचन समितिका संयोजक शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ३ का वडा अध्यक्ष दलकबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा विकासका विषयमा समेत छलफल गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.