हेटौंडामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी दुईदिने तालिम सुरु

हेटौंडा । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीईडिएडब्लु) तथा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या ३५ विषयक दुईदिने तालिम बुधबारदेखि हेटौंडामा सुरु भएको छ।
राष्ट्रिय महिला जनजाति महासंघ नेपालकी अध्यक्ष निमि शेर्पाको सभाध्यक्षता तथा पूर्व मन्त्री शन्तबहादुर चेपाङको प्रमुख आतिथ्यतामा बागमती प्रदेशस्तरीय उक्त कार्यक्रम आयोजना गरिएको हो।

आदिवासी जनजाति महिला तथा किशोरीमाथि हुने हिंसा र भेदभाव अन्त्य गर्न सीईडिएडब्लु अन्तर्गतका प्रावधान, राज्यको दायित्व तथा अधिकार संरक्षणका उपायबारे सहभागीहरूलाई जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष शेर्पाले जानकारी दिइन् । तालिममा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार, हिंसा तथा भेदभावको अवस्था, सम्बन्धित कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयनका विषयमा अधिवक्ता कौशिला राईले सहजीकरण गरिन् ।

तालिममा आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरुङ, चेपाङ सामाजिक उत्थान केन्द्रका सचिव कुमार चेपाङलगायत बागमती प्रदेशका १३ जिल्लाका महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.