बकैया ट्र्याक्टर दुर्घटना : तीन जना घाइतेको मृत्यु

हेटौंडा । बकैया गाउँपालिका वडा नम्बर ७ अँधेरीमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी घाइते भएका २२ जनामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते अवस्थामै अस्पताल लगिएकामध्ये तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृत्यु हुनेहरूमा बकैया–७ अँधेरी निवासी अन्दाजी ५०/५५ वर्षका केशव माझी रहेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो र हेटौंडा अस्पतालमा भर्ना गरिएलगत्तै दिउँसो ३:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसैगरी, सोही स्थानका अन्दाजी ५०/५५ वर्षकै युवराज माझी पनि टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याउनासाथ दिउँसो २:२६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार अन्दाजी ४५ वर्षका सन्तलाल माझीको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने अन्य घाइतेहरूको अवस्था र विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.