पदपोखरीमा हेटौंडा जेसीजको स्वास्थ्य शिविर

हेटौंडा । जेसीआई हेटौंडाको आयोजनामा हेटौंडा १३ नम्वर वडास्थित पदमपोखरीमा स्वास्थ्य शिविरको आयोजना भएको छ । हेटौंडा १३ नम्बर वडा कार्यालय र पदमपोखरी अस्पतालको सहआयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा पदमपोखरीमा स्वास्थ्य शिविर भएको हो ।

शिविरमा सुगर प्रेसरका साथै आँखा र महिलाहरुको पाठेघरको जाँच गरिएको थियो । शिविरबाट २५२ जना सेवाग्राही लाभान्वित भएको कार्यक्रम संयोजक ताम्राकारले जानकारी दिए । शिविरमा सहभागीमध्ये १५७ जना महिला र ९५ जना पुरुष रहेका थिए । शिविरमा ८४ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको थियो भने ९० जना महिलाको पाठेघर सम्बन्धी सामान्य स्वास्थ्य जाँच गरिएकोमा ८५ जनामा विभिन्न रोगका लक्षण देखिएकाले थप उपचार तथा परामर्शका लागि सिफारिस गरिएको छ ।

यस्तै २६ जनामा मोतियाविन्दु तथा ५ जनामा जलविन्दु फेला परेकोले थप उपचारको लागि शल्यक्रिया गर्नुपर्ने भएको छ । हेटौंडा जेसीज वर्ष २०२५ का कानुनी सल्लाहकार विपिन ताम्राकारको संयोजकत्व एवम् शाखा अध्यक्ष पंकज दास बनियाँको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १३ नम्बर वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पदमपोखरी अस्पालका प्रमुख डा.सवाना खातुन, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिक कृष्ण ढुङ्गाना, प्रहरी चौकी पदमपोखरीका प्रमुख दिपु लामा, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख वागन सिह थिङ, पदमपोखरी अस्पतालमा सिनियर अहेव शेरबहादुर व्लोनलगायतको आतिथ्यता रहेको थियो ।

मोतियाबिन्दुका बिरामीको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने महासचिव सन्जय न्यौपानेले बताए ।ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.