मकवानपुर । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि के.बी. रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।
प्रहरीका अनुसार, नाबालिकालाई जबरजस्ती करणी गरिएको भनी पिडित पक्षले दिएको जाहेरीका आधारमा के.बी.लाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान जारी गरिएको छ।
प्रतिकृया दिनुहोस्















