हेटौंडामा लैंगिक हिंसा विरुद्ध गीतिनाटक प्रद्धर्शन

हेटौंडा । ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नारासाथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको बाह्रौ दिन चेतनामूलक गीतिनाटक प्रस्तुत गरिएको छ । हेटौंडा–१०, बसपार्कको मुख्य चोकमा लैंगिक हिंसाविरुद्ध अभियानअन्तर्गत् शुक्रबार गीतिनाटक प्रस्तुत भएको हो ।

गीतिनाटकमा शारीरिक अशक्तता भएका महिला, छाउपडी, मानव बेचबिखन, एकल महिला, बोक्सीको आरोपलगायत बिभिन्न आरोपका विषयमा गीतिनाटक प्रस्तुत गरिएको थियो । सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्कको मुख्य आयोजना तथा माइती नेपाल, लैंगिक हिंसा जिल्ला सञ्जाल, साना हातहरु, शान्ति फाउन्डेसन, सुनिता फाउन्डेसन, ग्रीन फाउन्डेसन, मानवअधिकार संगठन, हिमराइट्स्, कोशिस, न्यानो आँगन, महिला तथा बालबालिका र ज्येष्ठ नागरिक सेवाकेन्द्र प्रमुख संगीता लामा, अस्मिता नेपाललगायत संघसंस्थाको समन्वयमा कार्यक्रम भएको थियो ।

केन्द्र अध्यक्ष प्रदीप कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० का अध्यक्ष फुर्वा दोर्जेलामाको प्रमुख आतिथ्यता थियो । माइती नेपाल कार्यक्रम संयोजक माया लामाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि लामाले यस्ता चेतनामूलक कार्यक्रममा संघसंस्थामात्र नभइ सबै जनताले एकाकार हुनुपर्ने बताए । मकवानपुरका डीएसपी श्यामु अर्यालले नाटक सान्दर्भिक भएको बताउँदै हिंसाविरुद्ध प्रहरीले दैनिकजसो नागरिकमा चेतना फैलाउने गरेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत चन्दा ब्यञ्जनकार, गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटा, फ्रेन्ड्स् हेटौंडाका बिनोद ढकाल, ट्राफिक प्रहरी केशब अधिकारी, प्रहरी र स्थानीय यात्रुलगायतको उपस्थिति थियो । गीतिनाटक १९ गते मनहरी गाउँपालिका–३ स्थित पशुपतिनाथ मावि र २० गते बकैया गाउँपालिकामा प्रदर्शन भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.