गाउँमा अस्पताल बन्नु लोकतन्त्रको उपलब्धी होः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले गाउँमै अस्पताल बनेर सेवा प्रवाह गर्नुनै लोकतन्त्रको उपलब्धी रहेको बताएका छन् । बुधबार ९ औँ गाउँपालिकाको स्थापना दिवस कार्यक्रम तथा १० शैयाको वी.पी. स्मृती कैलाश आधारभूत अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् ।

१० शैया रहेको उक्त अस्पतालमा रगत, दिशा पिसाब जाँच गर्ने, आँखा, हाडजोर्नी, जनरल उपचार गर्न कैलाशबासीहरुमा सहज बनेको उनले बताए । लोकतन्त्र भ्रमको व्यवस्था नभएको भन्दै उनले लोकतन्त्र सत्य र यथार्थको व्यवस्था रहेको, जनतालाई सत्य र यर्थाथको बीचमा जनप्रतिनिधिहरुले आफ्नो कुरा गर्दै जनताको कुरा सुन्दै काम गरिनुपर्नेमा उनले जोड दिए ।

भौगोलिक विकटताले दुर्गम रहेको कैलाश गाउँपालिका विस्तारै सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार, सेवा सुविधाले विस्तारै अघि बढिरहेको अवस्था रहेको उनले बताए । उनले कैलाशलाई प्रकृतिले भरिपूर्ण रहेको र भगवान् महादेवले कैलाशमा आराधाना र ध्यान गर्ने स्थलको रुपमा परिचित रहेका पर्यटनको हिसाबले विकास हुँदै गरिरहेको समेत बताए । गाउँपालिकाले सीपमूलक र उद्यमीको आयआर्जनसँग जोडेर लैजानुका साथै शिक्षामा प्रविधिसँग जोडेर अध्यायन गराउनुपर्ने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले गाउँमै सञ्चालित अस्पतालबाटै सेवा लिन आग्रह गरे । गाउँघरमा उपचारबाट बञ्चित नहोस् भन्ने हेतुले गाउँघर स्थानीय तहमा गाउँघर क्लिनिक सञ्चालन भएको छ तर पनि ठुला वा जटिल रोगको उपचार अस्पतालबाटै गरिनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले नेपालको संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थापित स्थानीय सरकारको महत्वपूर्ण आधारस्तम्भको रुपमा गाउँपालिका रहेको बताए । ‘हामीले पहिलो पटक नवौं स्थापना दिवस मनाएका हौं । यसअघि कुनै पनि स्थानीय सरकारले स्थापना दिवस नमनाएको अवस्थामा पहिलो पटक हामीले मनाएको हौं’, अध्यक्ष मुक्तानले भने ।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले अस्पतालन सञ्चालनको लागि कार्यालयको तर्फबाट आवश्यक समन्वय र सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाए । उनले चाडैं डाक्टरको नियुक्ती गरि सेवा प्रवाह गरिनुपर्ने बताउँदै विकट कैलाशमा पनि अस्पतालबाट धेरै विरामीको उपचार भइरहेको सुन्न पाइयोस् भन्ने शुभकाना दिए ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकरी, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, नेकपाका कमल अर्याललगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका शिक्षकशिक्षिका, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीहरुको उपस्थितीरहेको थियो ।

कार्यक्रममा लोकगायिका प्रतिमा अर्यालले आफ्नो साङ्गीतिक प्रस्तुती दिएकी थिइन् । सोही अवसरमा र्कचारी, र विद्यार्थीले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.