काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधि सभामा निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार मकवानपुर–२ बाट उप्रेती प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
२५ वर्षीय उप्रेती आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलालाई ११ हजार २०४ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभाm सदस्यमा निर्वाचित भएका हुन् । उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दा बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे ।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२ मत, उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७ मत, श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामबहादुर थोकरले ७८५ मत पाएका छन् ।
२५ वर्षको उमेरमै संसद् प्रवेश गर्न सफल भएपछि उनको जितलाई युवा नेतृत्वको उदयका रूपमा समेत हेरिएको छ ।















