हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी सडक पनि संचालनमा आयो

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि सञ्चालनमा आएको छ । गत शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको उक्त सडकखण्ड आज दिउँसोबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाल जानकारी दिए ।

प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिक डोडारे खोलले सडकको केहि भाग कटान गरेपछि अवरुद्ध उक्त सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।

यस्तै, सोही सडकखण्ड अन्तर्गत दक्षिणकाली मन्दिर नजिकै गएको ठूलो पहिरो पनि पन्छाइएको छ । कुलेखानी सिस्नेरी दक्षिणकाली सडक सञ्चालनमा आएपछि काठमाडौँ जाने सवारी साधनलाई सो मार्ग हुँदै काठमाडौं पठाउन थालिएको प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताए ।
यसअघि सोमबार (आज) बिहानैबाट हेटौँडाबाट काठमाडौं पुग्नका लागि पुर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कुलेखानी–फाखेल सडकमार्ग सञ्चालन भएका थिए ।

तर, कान्तिलोकपथ भने अझै अवरुद्ध रहेको छ । कान्तिलोकपथ अन्तर्गत भीमफेदी वडा नम्बर ८ वगुवा खोलानजिक खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । सो स्थानमा डोजर परिचालन गरी माटो र ढुंगा हटाउने काम भइरहेको र आज साँझसम्म सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.