हेटौँडा–काठमाडौं जोड्ने यी सडकखण्ड खुल्यो, अझै दुई खुल्न बाँकी

file-photo

हेटौँडा । अविरल वर्षापछि अवरुद्ध भएका बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही आज (सोमबार) बिहानैदेखि खुलेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) सडमखण्ड पुनः रुपमा सञ्चालनमा आएको हो ।

प्रहरी निरीक्षक ठाकुर सापकोटाले हेटौँडा–काठमाडौं जोड्ने केही सडक अझै पनि अवरुद्ध रहेको जानकारी दिए । उनका अनुसार, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ भने अझै अवरुद्ध नै रहेको हो ।

भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा रहेको डोढारे खोलाले राजमार्गकै केही भाग बगाएको छ । यस्तै, दक्षिणकाली मन्दिर नजिक ठुलो पहिरो गएको कारण सो खण्डमा सवारी सञ्चालन हुन नसकेको उनको भनाई छ । सो सडक खण्डको सिस्नेरी भागमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य तीब्र रुपमा भइरहेको उनले बताए ।

यसैगरी, कान्तिलोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठुला पहिरोले सडकका केही भाग बगाएका छन् भने हेटौँडादेखि बगुवा खोलासम्म साना–ठुला पहिरो खसेका छन् । कान्तिलोकपथमा खसेका पहिरो पन्छाउने र बगाएको सडक मर्मत गर्ने कार्य तीव्र गतिमा भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.