चाडपर्व नजिकिएसँग हेटौँडा बजारमा उपभोक्ताको चहलपहल बढ्यो

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढेको छ । चाडपर्व नजिकिएसँगै हेटौँडा बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको हो ।

दशैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा बिस्तारै भिडभाड बढ्न थालेको हो । जेन जी आन्दोलनपछी विस्तारै लयमा फर्किएको बजार क्षेत्रमा चहलपहल पनि सुरु भएको हो ।

मकवानपुरका गाउँ–गाउँबाट आफ्ना घरमा भएका खसी, बोका, कुखुरा, गेडागुडी बिक्री गर्ने अनी बजारबाट आवश्यक खाद्यान्न, लत्ताकपडा लिएर जानेको संख्या बढेको हो । बजारमा पहिलेको तुलनामा केही चहलपहल बढेको बताइएको छ । जेन जी आन्दोलनपछि सशङ्कित र त्रसित बनेका व्यापारीमा बजार अनुगमनले नकारात्मक असर नपर्ने गरी बजार नियाल्ने काम गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.