जेन–जी आन्दोलनको प्रभावः बागमती सरकारले चालु आर्थिक वर्षको बजेट पुनरवलोकन गर्ने

हेटौँडा । बागमती सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि पुनरवलोकन गर्ने भएको छ । जेन–जी आन्दोलनपश्चात बदलिएको राजनीतिक घटनाक्रम र बजेट अभाव हुने अवस्थालाई मध्यनजर गर्दै बागमती सरकारले चालु आवको बजेटमाथि पुनरवलोकन गर्ने निर्णय गरेको हो ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले अहिलेको विषम परिस्थितिमा बजेट अभाव हुने देखिएकाले प्रदेश सरकार बजेट पुनरवलोकन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा चालु आवको बजेट पुनरवलोकनको अध्ययन गर्न मन्त्रीपरिषद् बैठकले सहमति प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै, बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने जेन–जी प्रदर्शनका व्रmममा क्षतिग्रस्त प्रदेशका मन्त्रालय, निकाय र मातहतका कार्यालयका संरचना तुरुन्तै सञ्चालन गर्ने, प्रदेशको मन्त्रालय, कार्यालयको सम्पूर्ण प्रशासनिक संरचनाको अध्ययन गर्ने, तत्कालै पुनस्र्थापना गर्न समिति गठन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताए ।

त्यसैगरी, बैठकले प्रदेशको प्रशासनिक पुनर्संरचनाका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्रीको संयोजकत्वमा आर्थिक मामिला तथा योजनामन्त्री, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री, वन तथा वातावरणमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव रहेको छ सदस्यीय समिति गठन गरिएको छ ।

जेन–जी प्रदर्शनका क्रममा प्रदेशका मन्त्रालय, कार्यालय र निकायमा भएको क्षति मूल्याङ्कन गरी पुनर्निर्माण गर्न मन्त्रीपरिषद् बैठकले उच्चस्तरीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताए ।

बैठकले जेन–जीको अभियान र प्रदर्शनका व्रmममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली, मृतकका परिवारजनमा समवेदना र प्रदर्शनमा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.