मकवानपुर । मकवानपुरको बकैयामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैयाँ गाउँपालिका–३ हात्तिसुडे जितदमारका २४ वर्षीय विजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, विजय आफ्ना बुबा लालबहादुर थिङसँगै माछा मार्न ट्याँउट्याँउ खोलामा गएका थिए। खोलामा विद्युतको तार प्रयोग गरी हुक लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका विजयलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। तर, दिउँसो करिब १ः५० बजे उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको दाहिने हातको हत्केलामा चोट समेत देखिएको प्रहरी प्रहरी नायव उपरीक्षक अर्यालले बताए । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेका छ ।















