मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश मकवानपुरले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ बमोजिम कार्यालयको वार्षिक प्रतिवेदन मंगलबार एक कार्यक्रमबीच प्रदेश प्रमुख देवकोट समक्ष पेश गरिएको हो । उक्त प्रतिवेदन मुख्यन्यायधिवक्ता शुकदेव काफ्लेले प्रदेश प्रमुख समक्ष पेश गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेख प्रमुख देवकोटाले आफ्नो तर्फबाट सहजिकरण हुने बताए । ‘न्याय सम्पादनको क्षेत्रमा देखा परेका चुनौतीमाथि आवश्यक सहजिकरणमा मुख्यमन्त्री मार्फत मैले सहजिकरण गर्ने नै छु’ उनले भने ।
यस्तै, कार्यक्रममा मुख्यन्यायधिवक्ता काफ्लेले बागमती प्रदेशमा रहेको कारागरहरुमा सबैभन्दा समस्या रहेको टिप्पणी गरे । ‘कारगारको क्षमतभन्दा बढी कैदी बन्दीहरु राखेर मानव अधिकारको प्रत्याभुतिमा नै चुनौति रहेको अनुर्गमनका क्रममा पाइयो’ काफ्लेल भने ।















