मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा आज दिउँसो  चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दिउँसो करिब ४ बजेर २० मिनेट जाँदा पालबहादुर घलानको घरमा किरियाको कामकाजको सिलसिलामा आएका स्थानीय ४२ वर्षीय बिसाल ब्लोनलाई चट्याङ लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही घटनामा पालबहादुर घलानकी छोरी १२ वर्षीया बर्षा घलान, जितबहादुर घलानका छोरा १२ वर्षीय सुजन घलान, शमशेर घलानका छोरा १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ति नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन्।

उनीहरूलाई तत्काल उपचारका लागि मनहरी अस्पताल पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली खटिएको थियो भने थप कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मनहरीबाट समेत टोली परिचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.