बागमतीका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार दिउँसो मुख्यमन्त्री नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक कार्यक्रमबीच उनले शपथ ग्रहण गरेका हुन् ।

उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बानियाँ नेपालको संविधानको धारा १६८ को २ अनुसार कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। ्बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.