मुख्यमन्त्री लामाले गुमाए कांग्रेस बागमती संसदीय दलको नेतृत्व

file-photo

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेस बागमती संसदीय दलको नेतृत्व गुमाएका छन् । आज मंगलबार भएको मत विभाजनको आधारमा उनले कांग्रेस संसदीय दलको नेताको नेतृत्वको जिम्मेवारी गुमाएका हुन् ।

हेटौँडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावमाथि मत विभाजन भएको थियो । सो क्रममा उनको विपक्षमा २२ मत र पक्षमा १५ मत खसेको पूर्व आर्थिक मामिला तथा कानून मन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् । लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् ।

लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न सांसदहरुले दबाब दिइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.