मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ टौवासमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब सवा ३ बजेको समयमा खोलामा नुहाउने क्रममा पानीको बहाव अचानक बढ्दा एक पुरुष बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार, मृत्यु हुनेकम पर्साको बिरगञ्ज महानगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय पुरुषोत्तम शर्मा रहेका छन् । शर्मा साथीसँग घुमघामका लागि टौवास आएका थिए। इभी गाडी रिजर्भ गरी आएका उनीहरू बनभोज खाई रमाइलो गरिरहेका बेला ४–५ जना नुहाउन खोलातिर पसेका थिए।
सोही क्रममा खोलाको बढ्दो बहावमा परी शर्मा करिब ४०० मिटर तल बगिएका थिए । खबर प्राप्त हुने बित्तिकै प्रहरी चौकी भैंसेबाट प्रहरी टोली तथा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि तयारी गरेको प्रवक्ता अर्यालले बताए















