मकवानपुरमा गाँजा र ट्रमाडोलसहित ४ जना पक्राउ

मकवानपुर । मकवानपुरमा लागूऔषध ओसारपसारमा संलग्न ४ जना पक्राउ परेका छन् । प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले जेठ २५ गते आइतबार राति ११ः२० बजेको समयमा हेटौँडाबाट बिरगंजतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नम्वरको बसमा सवार दुई महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर २ बस्ने ४० वर्षीया फुलमाया स्याङ्वो र ३० वर्षीया निर्मला मोक्तान रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चोकबाट पक्राउ गरेको हो ।

उक्त बस रोकी चेकजाँच गर्ने क्रममा शंका लागेर झोला खानतलासी गर्दा १० किलो ४०० ग्राम लागूऔषध गाँजा फेला परेपछि निजहरुलाई पक्राउ गरिएको हो । पत्राउ परेका उनीहरूलाई तत्काल नियन्त्रणमा लिई लागूऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

यस्तै, हिजै दिउँसो करिब साढे १ बजेको समयमा अर्को टोलीले हेटौँडा उपमहानगरपालिका–५, सानोपोखरा चोकमा गस्ती गर्दै जाँदा दुई जना पुरुषलनई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–१ निवासी २४ वर्षीय आशिष अधिकारी र वडा नं. २ निवासी २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन् । उनीहरुलाई शंकास्पद रूपमा बसिरहेको देखी खानतलासी गर्दा १६० ट्याब्लेट लागूऔषध ट्रमाडोल बरामद भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.