बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

हेटौँडा । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको छ । प्रदेश सभाका सभामुख भुवन कमार पाठकले आज बसेको प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी गराएका हुन् ।

सभामुख पाठकले जेठ १४ गते बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२–२०८३ वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकरण गरिने बताए ।

उक्त दिन निर्धारित समयभन्दा ३० मिनेट अगावै सांसद्हरुलाई औपचारिक पोशाकमा उपस्थित हुन पनि सभामुख पाठकले आग्रह गरेका छन् ।

अर्थमन्त्री कुन्दनराज काफ्लेले संविधान प्रवद्ध अधिकार संघीय सरकार र प्रदेश सरकारको आवधिक योजना र दिगो विकासका लक्ष्य प्राप्तिलाई महत्वपूर्ण आधारको रुपमा लिई आगामी आर्थिक वर्ष विनियोजनक विद्येयकका सिद्धान्त र प्राथमिकताहरु तय गरेको दाबी गरे ।

मन्त्री काफ्लेले प्रदेश भित्र स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट तर्जुमा गर्नुका साथै उत्पादन उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक पुर्वाधारको विकास निजि क्षेत्रको भुमिकालाई जोड दिँदै सार्वजनिक निजि साझेदारीका आधारमा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.