हेटौँडा–८ कमानेस्थित एक घरमा आगलागी, दुई जना घाइते

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८, कमानेस्थित एक घरमा आगलागी भएको छ । बुधबार साँझ ५ः४० बजेको समयमा कमानेस्थित नमुनाटोलमा बस्ने बच्चा देवान बाबुको घरमा आगलागी भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उक्त घरमा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका– ३० बस्ने सलाउदिन देवानको छोरी वर्ष १३ की असिया खातुनले तरकारी पकाउनको लागि कराईमा खाने तेल हाल्ने क्रममा झुक्किएर डिजेल हाल्दा आगो उत्पन्न भएपछि घरमा आगलागी भएको हो ।

उक्त आगलागीमा परेर असिया खातुनको अनुहार, हात, पिठिउँ र खुट्टामा जलेको छ भने भारत बिहार राज्य जिल्ला मोतिहारी आदापुरग्राम कलबारी मझौलिया बस्ने वर्ष २५ की अफ्रिदा खातुनको बाया कान, गाला र बाया हातमा जलि सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रहरीले घाइते दुबै जनालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ । घरमा लागेको आगो पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । उक्त आगलागीबाट धान, चामल र कपडा गरी अन्दाजी २० हजार बराबर क्षति भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.