बागमती प्रदेश प्रमुख देवकोटाद्वारा प्रदेश सभाको बैठक आह्वान

file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेश सभाको १६ औं अधिवेशन बैठक आह्वान गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश सभाको अधिवेशन बैठक आगामी जेठ ५ गते बिहान ११ः०० बजे बस्ने गरि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको बैठक बस्न आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.