प्रदेश युवा सम्मेलन भोलिदेखि सुरु हुँदै , तीन सयभन्दा बढी युवाले सहभागी हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि वैशाख २८ गते आइतबारदेखि प्रदेश युवा परिषद् सम्मेलन सुरु हुने भएको छ । यसअघि दुई पटक युवा सम्मेलन गरेको प्रदेश युवा परिषद् बागमतीले भोलिदेखि तेस्रो प्रदेश युवा सम्मेलन २०८२ को आयोजना गर्न लागेको हो ।

शनिबार पत्रकार सम्मेलनमार्फत् सम्मेलनको सबै तयारी पूरा भएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । उनका अनुसार, वैशाख ३० गते मङ्गलबारसम्म सञ्चालन हुने सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहनेछ ।

यस सम्मेलनले प्रदेश स्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उपाध्यक्ष चौलागाईले बताए । सम्मेलनमा ७ वटै प्रदेशबाट ३ सय भन्दा बढी युवा प्रत्यक्ष सहभागी हुने उनको भनाई छ ।

सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना गरिने उनले बताए ।

बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजन मार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए । प्रदेश सरकारले ‘युवा सीपवर्ष २०८१’ घोषण गरेर युवालाई सीप विकास कार्यक्रम संचालन गरिरहेको उनको भनाई छ । सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको समेत उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभुषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित ¥याली गरिने परिषद्ले जनाएको छ । ¥यालीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा लगायत प्रदेशका मन्त्रीहरु समेत सहभागी हुनेछन् । सम्मेलन प्रदेशको दीर्घकालीन युवा सशक्तीकरण अभियानको संस्थागत आधार बन्ने परिषद्को विश्वास रहेको छ ।

साथै सम्मेलनमा नेपालकै पहिलो सुरुङमार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गर्दै सम्मेलन घोषणापत्र जारी गरिनेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.