मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिक रुपमा विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवस हेटौंडामा पनि मनाइएको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरी प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।
हेटौंडाको स्कुलरोडबाट सुरु भएको प्रभातफेरीको र्यालीले बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ भएर फेरी लोकतान्त्रिक चोकमा पुगेपछि कोणसभामा परिणत गरिएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षता भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

















