मकवानपुरमा भरुवा बन्दुकले हान्दा बाबु घाइते, छोरा पक्राउ

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९, अघोरमा भरुवा बन्दुकले प्रहार गरी एक जना घाइते भएका छन् ।

स्थानीय ३५ वर्षीैय इमाल सिं थिङले बन्दुक हान्दा उनका बाबु ५९ वर्षीय कान्छाराम थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, आज बिहान ८ बजेको समयमा इमानले आफु्नै बाबु कान्छारामलाई बन्दुरकले हानेर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । छुट्टिएर बसेका बाबुछोराको कुखुरा आफ्नो आँगनतर्फ आएको भन्ने विषयमा विवाद परेको बुझिइएको छ ।

घाइते कान्छारामको बाँया खुट्टाको तिख्रा, दाहिने हातमा छर्राले चोट लागेको छ । उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

बाबुलाई बन्दुकले हान्ने इमानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.