होटलको छतबाट लडेर घाइते भएका हेटौँडाका युवकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडामा एक युवकको होटलको छतबाट खस्दा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रोशन होटल एण्ड लजको तेस्रो तलाबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा हेटौँडा–१२, पदमपोखरी घर भई सोही होटलमा बस्दै आएका अन्दाजी ३० वर्षका अमित मोक्तान रहेकाे  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, उनी सोही होटलमा काम गर्ने ममता प्रजाका श्रीमान् हुन्।

गएराती मदिरा सेवन गरेको अवस्थामा रहेका मोक्तान होटलको तेस्रो तलामा पुगेका बेला रेलिङबाट अचानक खस्दा उनी गम्भीर घाइते भएका थिए ।

घटनापछि तत्काल प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारको लागि भरतपुर अस्पताल पठाइएको थियो।

तर, आज बिहान २ बजेको समयमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । हाल शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाईएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.