हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, गौरीटार रंगशाला अगाडि अगाडि भित्री सडकमा आज अपराह्नमा सवारी दुर्घटना भएको छ ।
कमानेबाट रंगशालातर्फ जाँदै गरेको बा.प्र.०३–००४ प ७०३ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र.३–०२–०१२ प ६७६५ नं. को मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उक्त दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । दुर्घटनामा परेर बा.प्र.०३–००४ प ७०३ नं. को मोटरसाइकल चालक हेटौंडा–१७ राजदेवी बस्ने वर्ष ५० को प्रदिप कुमार थापा मगर र अर्का मोटरसाइकल चालक बारा कोल्बी नगरपालिका–९ घर भएका वर्ष अन्दाजी ३५ वर्षीय नारायण भुजेल घाइते भएका हुन् ।
तीमध्ये भुजेल हाल सशस्त्र प्रहरी बल नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
घाइतेमध्ये भुजजेलको अवस्थामा सामान्य रहेको छ भने अर्का मोटरसाइकल चालक मगरको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेज लगिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
दुर्घटनाग्रस्त मोटरसाइकल मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।

















